English | Nepali | Feedback  
Main Menu
 होम पेज
हाम्रो विभाग एक चिनारी
उद्देश्य तथा कार्यहरु
उद्योगको बर्गिकरण
उद्योगको स्तर विभाजन
संगठन तालिका
उद्योग दर्ता गर्दा पेश गर्नुपर्ने कागज पत्र र दस्तुर
जिल्ला कार्यालयहरु
घरेलु तथा साना उद्योग प्रशिक्षणा केन्द्र
प्रकाशन
औद्योगिक तथ्याङ्क
नमुना स्किम
ब्यासाय सर्म्बर्द्धन केन्द्र
डाउनलोड
सम्पर्क

हाम्रो विभाग एक चिनारी  

१) ऐतिहासिक पृष्ठभूमि

वि . स . १९९६ सालमा व्यवसायिक तालीमको माध्यमबाट रोजगारीको अवसर श्रृजना गर्ने उद्देश्य लिई यस विभाग नेपाली कपडा र घरेलु इलम प्रचार अड्डाको नाममा स्थापना भएको थियो । उक्त उद्देश्य परिपूर्तिका लागि आ . व २०१३ / १४ मा घरेलु इलम केन्द्र भनी नामाकरण गरियो र आ . व २०२१ / २२ मा अञ्चल केन्द्रको अवधारणा लिई देशभर १४ अञ्चलमा केन्द्रहरु खडा गरी निर्धारित उद्देश्य अनुरुप व्यवसायिक तालीमहरु सञ्चालन गरिए । त्यसपछि क्षेत्रिय र जिल्ला स्तरिय कार्यालयहरु खुले । उद्योग प्रशासनको कार्य समेत गर्ने गरी वि . स . २०३० सालमा विभागको कार्यक्षेत्र विस्तार गरियो र विभागको नाम घरेलु तथा ग्रामीण उद्योग विभाग रहयो । विस्तारित कार्यक्षेत्र अनुरुप ७५ वटै जिल्लामा जिल्लास्तरिय कार्यालयहरु स्थापना गरिए । वि . स २०४९ सालमा विभागको संरचनामा पुनः परिवर्तन भई साना उद्योगको समेत प्रशासन गर्ने गरी कार्यक्षेत्रमा थप विस्तार गरी   घरेलु तथा साना उद्योग विभाग नामाकरण गरियो । य सै संरचना ब ं मोजिम साविकका क्षेत्रिय कार्यालयहरु खारेज गरी जिल्ला स्तरिय कार्यालयमा कायम भयो । खास गरेर तालीम कार्यक्रममा दोहोरोपन हटाउन र मितव्ययिता अपनाउन ७५ जिल्ला मध्ये २७ जिल्ला विभाग अन्तरगत र ४८ जिल्ला घरेलु तथा साना उद्योग विकास समिति अन्तरगत राखी कार्य संचालन गर्ने नीति अख्तियार गरियो । तर तालीम वाहेक उद्योग प्रशासनको हकमा विभागबाट अख्तियारी प्रदान गरी उक्त ४८ कार्यालय समेतलाई उद्योग   प्रशासनको कार्यभार तोकियो जुन नीति हालसम्म पनि कायमै छ ।