English | Nepali | Feedback  
Main Menu
 होम पेज
हाम्रो विभाग एक चिनारी
उद्देश्य तथा कार्यहरु
उद्योगको बर्गिकरण
उद्योगको स्तर विभाजन
संगठन तालिका
उद्योग दर्ता गर्दा पेश गर्नुपर्ने कागज पत्र र दस्तुर
जिल्ला कार्यालयहरु
घरेलु तथा साना उद्योग प्रशिक्षणा केन्द्र
प्रकाशन
औद्योगिक तथ्याङ्क
नमुना स्किम
ब्यासाय सर्म्बर्द्धन केन्द्र
डाउनलोड
सम्पर्क

उद्योगको बर्गीकरण

 

उद्योगको वर्गीकरण

ऐनको दफा ३ अनुसार उद्योगलाई उद्योगको प्रकृतिको आधारमा देहाय बमोजिम उत्पादनमूलक , उर्जामूलक , कृषि तथा बनजन्य , खनिज , पर्यटन , सेवा र निर्माण उद्योगको रुपमा वर्गीकरण गरिएको छ ।

 

. १ उत्पादनमूलक उद्योग

     कोरा माल वा अर्ध प्रशोधित माल वा खेर गईरहेको मालसामानको वा अन्य माल सामान प्रयोग वा प्रशोधन गरी मालसामान उत्पादन गर्ने ।

     जम्बो रोलबाट कटिङ्ग , स्लिटिङ्ग , कन्फेक्टीङ्ग , परफोरेटिङ्ग , स्यूलिङ्ग तथा क्यापिङ्ग गरी तयारी फोटोग्राफिक फिल्म रोल तयार गर्ने र प्याक गर्ने , जम्बो रोल आयात गरी कटिङ्ग स्लिटिङ्ग आदि प्रकृया पूरा गरी सिनेमाटोग्राफिक फिल्म , मेडिकल तथा औद्योगिक एक्सरे फिल्म , ग्राफिक आर्ट फिल्म , फोटोग्राफिक पेपर उत्पादन गर्ने तथा प्यान केक बनाउने उद्योग ।

( मिति ०५५।४।४ को राजपत्र द्वारा थप )

१.२ उर्जामूलक उद्योग

जलश्रोत , वायु , सौर्यशक्ति , कोइला , प्राकृतिक तेल , ग्याँस , वायो ग्याँस तथा अन्य श्रोतहरुबाट उर्जा पैदा गर्ने ।

 

१.३   कृषि तथा बनजन्य उद्योग

१ मूलतः कृषि वा वन पैदावरमा आधारित एकीकृत किसिमका रेशम खेती तथा रेशम उत्पादन , फलफूल खेती तथा फलफूल प्रशोधन , पशुपालन , डेरी उद्योग , कुखुरा पालन , मत्स्यपालन , चिया खेती तथा प्रशोधन , कफि खेती तथा प्रशोधन , जडीबुटी खेती तथा प्रशोधन , तरकारीका बीऊ वीजन उत्पादन , च्याउ , तरकारी खेती वा तरकारी प्रशोधन , नयाँ प्रविधिद्वारा विरुवा उत्पादन गर्ने उद्योग - टिस्यूकल्चर ), ग्रिन हाउस , मौरी पालन , मह उत्पादन , रबर खेती , फूल खेती तथा उत्पादन , कबुलियती बन , एग्रोफरेष्ट्री आदि व्यवसायिक बन सम्बन्धी   व्यवसायहरू ।

२" कपास खेती , कपास र कपासको विउ उत्पादन तथा प्रशोधन गर्ने "
( मिति ०५५।४।४ को राजपत्र द्वारा थप )

३ व्यवसायिक रुपमा गरिने फलफूल तथा नगदे वालीको खेती ।
४ व्यावसायिक रुपमा गरिने बेतवांस तथा निगालोको खेती र सोबाट वस्तुहरुको उत्पादन गर्ने कार्य ।
५ चल्ला काड्ने व्यवसाय ।
६ वनस्पति उद्यान स्थापना , संरक्षण तथा व्यवस्थापन ।
( मिति ०५९।२।६ को राजपत्र द्वारा थप )

१.४ खनिज उद्योग

      खनीज उत्खनन वा प्रशोधन गर्ने ।

१.५ पर्यटन उद्योग

१       पर्यटन आवास , मोटेल , होटेल , रेष्टुराँ , रिसोर्ट , ट्राभल एजेन्सी , स्कीइङ्ग , ग्लाइडिङ्ग , वाटर र् ‍ याफ्टिङ , केवलकार कम्प्लेक्स , पोनी टे्रकिङ , पदयात्रा - टे्रकिङ ), हट एयर व्यालुनिङ , प्यारा सेलिङ , गल्फ कोर्स , पोलो , अश्वारोहण र् - हर्स राइडिङ ) आदि व्यवसायहरु ।   
२      मनोरञ्जन पार्क निर्माण तथा संचालन गर्ने व्यवसाय ।        ( मिति २०५६।९।२६ को राजपत्रद्वारा थप )
३      ग्रामीण पर्यटन       ( मिति ०५८।५।२१ को राजपत्रद्वारा थप )
४    अन्य साहसिक टुरिज्म व्यवसाय                 ( मिति २०५९।२।६ को राजपत्रद्वारा थप )

१.६   सेवा उद्योग

१  कार्यशाला र् - वर्कशप ), छापाखाना , परामर्श सेवा , जिनिङ तथा वेलिङ्ग व्यवसाय , चलचित्र व्यवसाय , निर्माण व्यवसाय , र्सार्वजनिक परिवहन व्यवसाय , फोटोग्राफी , अस्पताल , नर्सिङ होम , शिक्षण एवं प्रशिक्षण संस्था , प्रयोगशाला ,  हवाई सेवा , शीत भण्डार आदि व्यवसायहरु ।

२  र्सार्वजनिक परिवहन अन्तरगत ढुवानी सेवा ( मिति ०५८।२।३१ को विभागीय निर्देशन )

३ प्रशोधन वा प्रकृया नगण्य रुपमा हुने कट टु लेन्थ सिट , फोटो फिल्म स्लिटिङ्ग , फोटो पेपर स्लिटिङ्ग , टिस्यू पेपर स्लिटिङ्ग , बल वियरिङ्ग एसेम्व्ली तथा वल्क रुपमा तयारी सामान आयात गरि रिप्याकिङ्ग गर्ने जस्ता सेवा व्यवसायहरु ।

( औ . प्र . बोर्ड ९० औं बैठक द्वारा थपं )

४ आवास भवन निर्माण गरी विक्री वितरण गर्ने व्यवसाय ,

टेलिफोन सेवा - सेलुलर टेलिफोन , मोवाइल टेलिफोन , पेजिङ टेलिफोन सेवा ) र टेलिभिजन प्रसारण सेवा ( स्याटलाईट टेलिभिजन प्रसारण वा केबुल टेलिभिजन प्रसारण )

५  कपडा तथा यार्न डाइङ्ग , यार्न साइजिङ र कपडामा प्रिन्टिङ्ग गर्ने व्यवसाय - कपडा बुन्ने उद्योगले आफ्नै प्रयोजनको लागि गरेकोमा बाहेक ) । ( मिति ०५०।८।२१ को राजपत्रद्वारा थप )

६ " कम्प्यूटर सफ्टवेयर " ।                      ( मिति ०५३।१।१० को राजपत्रद्वारा थप )

७ विद्युत तथा व्याट्रीबाट संचालन हुने तीन पांग्रे र चार पांग्रे र्सार्वजनिक परिवहन संचालन गर्ने उद्योग ,

८     उपरोक्त र्सार्वजनिक परिवहनको लागि आवश्यक पर्ने व्याट्री चार्जिङ्गको सेवा प्रदान गर्ने उद्योग ,                         ( मिति ०५३।३।३१ को नेपाल राजपत्र द्वारा थप )

९  बैंक तथा वित्तिय संस्था , उद्योग , होटेल , कार्यालय भवन , कुटनैतिक नियोग तथा आवासीय भवन आदिमा सुरक्षा सेवा पुर् ‍ याउने उद्देश्य रहेको व्यवसाय ,

१० विज्ञापन सामाग्री उत्पादन गरी विज्ञापन एजेन्सीको रुपमा काम गर्ने व्यवसाय ,

११  प्रकाशन व्यवसाय ,

१२ एल . पि . ग्याँस रिफिलिङ्ग गर्ने व्यवसाय ,

१३  डिजिटल प्रकृयाद्धारा नक्सा बनाउने व्यवसाय ,

१४ टेलिभिजनमा प्रशारण हुने टेलिड्रामा , टेलिफिल्म विज्ञापन , स्वास्थ्य शिक्षा सम्बन्धी कार्यक्रम तथा अरु डकुमेन्टरी फिल्म निर्माण तथा प्रशारण गर्ने ,

१५ मोटरकार तथा टेम्पो आदि सवारी साधनमा एल . पि . ग्याँस रिफिलिङ्ग डिपो स्थापना गर्ने व्यवसाय ,

१६ रेडियो प्रशारण स्टेशन खडा गरी रेडियो प्रशारण गर्ने व्यवसाय ( मिति २०५५।४।४ को राजपत्रद्वारा थप )

१७ कार्गो व्यवसाय ( मिति २०५६।११।१६ को राजपत्रद्वारा थप )

१८ निर्माण सम्वन्धी हेभी इक्विपमेन्ट भाडा मर्मत तथा संचालन सेवा

१९ व्यवसायिक रुपमा गरिने पशु चिकित्सा सेवा

२० मानव स्वास्थ्योपचार सम्वन्धी र्डाईग्नोस्टिक र्सर्भिसेज

२१ सभा सम्मेलन भवन संचालन , ढल तथा फोहर मैला   संकलन र विकास खानेपानी आपूर्ति , इन्धन तथा इन्धनजन्य ग्यांस आपूर्तिको पाइपलाईन संचालन , गोदाम घर तथा भण्डारण संचालन , विमानस्थल संचालन , स्पोर्ट कम्प्लेक्स संचालन , रोपवे सेवा ( रज्जुमार्ग ) संचालन , सडक संचालन , सिंचाई संचालन , उर्जा प्रसारण गृह संचालन , रेल्वे संचालन र उल्लेखित व्यवसाय संचालन गर्दा गरिनुपर्ने सम्भार कार्य ( मिति २०५९।२।६ को राजपत्रद्वारा थप )

२२ जलपरिवहन व्यवसाय

२३ प्याकेजिङ्ग / रिफिलिङ्ग सेवा , कुरियर टेलिफोन सिस्टम सेवा , डर््राई क्लिनर्स , क्याटरिङ्ग सेवा , भिडियो / अडियो रेकर्डिङ्ग , भि - स्याट , इन्टरनेट र्सर्भिस , व्युटि पार्लर , भाडामा खाद्यान्न कुटानी , पिसानी र पेलानी गर्ने कार्य , इन्टेरियर डेकोरेशन , सिडिरोम रेकर्डिङ्ग ( मिति २०५८।५।२१ को राजपत्रद्वारा थप )

२४ इनल्याण्ड क्लियरेन्स डिपो व्यवस्थापन र संचालन

( मिति २०५८।१०।१ को राजपत्रद्वारा थप )

२५  चौपायबाट गरिने परिवहन ( तान्ने र बोक्ने )( मिति २०६०।११।२५ को राजपत्रद्वारा थप )

१.७   निर्माण उद्योग

१  ।।।।।।सडक , पूल , रोपवे , रेल्वे , ट्रलिबस , टनेल , फ्लाइङ ब्रीज तथा औद्योगिक , व्यापारिक एवं ।।।।।।आवास कम्प्लेक्स आदि निर्माण गरी सञ्चालन गर्ने।
।।।।।। अफिस एवं आवास कम्प्लेक्स आदि निर्माण गरी संचालन गर्ने ।
।।।।।।( मिति ०५३।१।१० को नेपाल राजपत्रद्वारा थप )
।।।।।।सभा सम्मेलन केन्द्रको पूर्वाधार निर्माण , व्यवस्थापन तथा संचालन ।
।।।।।।ढल तथा निकासको पूर्वाधार निर्माण व्यवस्थापन तथा संचालन ।
।।।।।। खानेपानी पाईप लाईन आपूर्ति गर्ने पूर्ूवाधारको निर्माण , व्यवस्था तथा संचालन
।।।।।।इन्धन तथा ग्यांस आपूर्तिको पाईप लाईन जडानको पर्ूवाधारको निर्माण , व्यवस्था     तथा ।।।।।। संचालन ।
ड०।।।।।।सिंचाईको पूर्वाधार निर्माण , व्यवस्था र संचालन ।
।।।।।।उर्जा घर तथा उर्जा प्रशारण लाइनको पूर्वाधार निर्माण , व्यवस्था र संचालन ।
।।।।।।( मिति २०५९।२।६ को राजपत्रद्वारा थप )