ब्यासाय सर्म्बर्द्धन केन्द्र काठमाडौं
योएउटा नयाँ ब्यावसायिक कम्पनीको सृजना गर्ने विल्कुलै भिन्न तरिका हो । यसले नयाँ उद्यमीहरुलाई कार्य गर्ने ठाँउ र सहयोगको वातावतरण श्रृजना गरि विकसित र सफल उद्यमी तयार गर्दछ । जसरी एउटा अण्डाबाट चल्लाको उत्पादन गर्न अण्डाको पुर्ण् विकास नहुन्जेल सम्म Incubator मा उचित तापक्रम र वातावरण बनाएर केही समय सम्म राखी त्यसको उचित समायबधी पछि अण्डा कोरलेर चल्ला निकालिन्छ, त्यसरी नै सीप तथा नौलो ब्यबसायीक योजना भएका तर आर्थिक तथा उचित वातावरणको अभाव भएका ब्यक्तिहरुलाई Incubator Center मा राखी सकेको ब्यबसायको पुर्ण् विकासको लागि आवश्यक पर्ने पुर्वाधारहरु, वातावरण र चाहने सबै खालका ब्यबस्थापन, बजार विकास, वित्त, ब्यबस्था आदी ब्यबसाय संचालन गराउन मद्धत गरिन्छ । यसको विकास क्रमलाई हेरने हो भने १९८० को दशक ताका साना उद्यमीहरुबाट भएको देखिन्छ । हाल आएर यस Incubation प्रणाली उच्च प्रविधि, ग्रामिण क्षेत्र, ब्यापारिक प्रतिष्ठानहरु, तथा उच्च स्तरका उद्यमीहरुको सम्लग्नता भएको देखिन्छ । अमेरिका, चाइना, वेलायत, कोरिया, अष्टेलिया आदी देशहरुमा पुर्ण सफल Incubator Center हरु रहेको छन् ।
संसारको अधिकांस मूलुकले धेरै पहिले नै शुरु गरिसकेको तर नेपालमा ढिलै भएतापनि शुरु हुन लागेको छ । यस्तो कार्यक्रमले देशमा भएका बहुसख्यक बेरोजगार युवा बर्ग जससंग शिप तथा योजना छ तर आर्थिक र उचित वातावरणको अभावको कारणले कुनै ब्यबसाय गर्न सकिरहेका छैनन, त्यस बर्गको चाहना बमोजिम परियोजनाको विकास गरी देश भित्रनै रोजगारीको श्रृजना हुन जान्छ । देशमा भएका शिक्षित, सिप भएका तथा मेहनती जनशक्ति दिन प्रतिदिन पलायन भैरहेको अवस्थामा यस किसिमको योजना साँच्चै नै देशको आर्थिक र रोजगारी विकाशको लागि एउटा अनुकरणीय उदाहरणिय हुनेछ । Business Incubation Center ले सही र समय सापेक्ष ब्यावसायको शुरुवातमा सहयोग पूर्याउने हुनाले पनि हाम्रो जस्तो देशको परिपेक्षमा यसको आवश्यकता देखिन्छ । हाल देशमा भएको विभिन्न समस्याहरुको कारणले साना तथा ठुला उद्योगहरुको आर्थिक मंदीमा यो योजना प्रभावकारी हुन सक्दछ भन्ने विश्वास लिइएको छ । यस्तो किसिमको कार्यक्रमले देशको दिगो विकासमा ठूलो सहयोग पुग्दछ । यसै उद्देश्यले ब्यावसाय सर्म्बर्द्धन केन्द्रको स्थापना भएको हो ।
ब्यासाय सर्म्बर्द्धन केन्द्र काठमाडौं ।
दृष्टिकोण
नविन सोच र विचारलाई सक्षम र प्रतिस्पर्धि ब्यावसायमा रुपान्त्रण गराउने ।
उद्देश्यः
नविनतम प्रविधि समेतको उपयोग गरेर उच्च मूल्यका बस्तु तथा सेवा उत्पादन गर्ने सृजनशील प्रतिस्पर्धी र सक्षम ब्यवसायी तयार पार्न सहयोग पुर्याउने ।
लक्ष्यः
क) सफल ब्यावसायीहरु तयार पार्ने
ख) ब्यावसाय सर्म्बर्द्धन सेवाका लागि आवश्यक पुरर्वाधार विकास गर्ने
ग) नवीन प्रविधिको अनुसन्धान र विकासलाई उपयोग गरेर साना तथा घरेलु उद्योगको विकासमा टेवा पुर्याउने ।
घ) मुलुकका अन्य भागमा पनि ब्यावसाय सर्म्बर्द्धन केन्द्र स्थापना गर्न प्रेरणदायी भूमिका खेल्ने एवं सहयोग गर्ने
ङ) ब्यावसाय सर्म्बर्द्धनका लागि आवश्यक पर्ने विभिन्न क्षेत्र, श्रोत र निकायहरु विच संजाल स्थापना गर्ने ।
मुख्यतया केन्द्रले दरमा प्रशिक्षार्थी ब्यावशायी (Incubates) लाई निम्न सुविधा उपलब्ध गराउने छ ।
· कार्यक्रक्ष र कम्प्युटर लगाएत कार्यालय सम्बन्धी उपकरण एवं इन्टरनेट र संचार सुविधा ।
· बजार ब्यबस्थापन तथा लेखा सम्बन्धी प्रशिक्षण र परामर्श सेवा
· प्राविधिक प्रशिक्षण, परामर्श, प्रयोगशाला प्रयोग र परिक्षण सम्बन्धी सुविधाको लागि सहयोग ।
· ब्यबसाय स्थापना सम्बन्धी कानूनी तथा प्रशासनिक सहायता ।
· बौदिक सम्पत्ति संरक्षण सम्बन्धी परामर्श र सहयोग ।
· सर्म्बर्द्धन अवधी पुरा भएपछि पनि र्सर्म्पक, अनुगमन, परामर्श र सहयोगको नियमित ब्यबस्था ।
ब्यावसाय सर्म्बर्द्धन केन्द्र संचालक समिति
१) महानिर्देशक, घरेलु तथा साना उद्योग विभाग अध्ययक्ष
२) श्री कुश कुमार जोशी, द्धितिय उपाध्याक्ष, नेपाल उद्योग वाणिज्य महासंघ सदस्य
३) श्री विनोद कुमार श्रेष्ठ, School of Management, काठमाडौ विश्वविद्यालय सदस्य
४) डा.चिरिञ्जीवी रेग्मी, नेपाल विज्ञान प्रविधि प्रतिष्ठान, सदस्य
५) श्री शुरेस कुमार रेग्मी, Information Technology Professional Forum सदस्य
६) श्री पुरुषोतम घिमिरे, उपसचिव, वातावरण विज्ञान तथा प्रविधि मंत्रालय सदस्य
७) श्री विसु कुमार के.सी निर्देशक, घरेल तथा साना उद्योग बिभाग
More Information |