English | Nepali | Feedback  
Main Menu
 होम पेज
हाम्रो विभाग एक चिनारी
उद्देश्य तथा कार्यहरु
उद्योगको बर्गिकरण
उद्योगको स्तर विभाजन
संगठन तालिका
उद्योग दर्ता गर्दा पेश गर्नुपर्ने कागज पत्र र दस्तुर
जिल्ला कार्यालयहरु
घरेलु तथा साना उद्योग प्रशिक्षणा केन्द्र
प्रकाशन
औद्योगिक तथ्याङ्क
नमुना स्किम
ब्यासाय सर्म्बर्द्धन केन्द्र
डाउनलोड
सम्पर्क

उद्योगको स्तर विभाजन

औद्योगिक व्यवसाय ऐनले उद्योगलाई घरेलु उद्योग , साना उद्योग , मझौला उद्योग र ठूला उद्योगको रुपमा स्थापना गर्न पाउने गरी देहाय बमोजिम उद्योगको स्तर निर्धारण गरेको छ ।

१ घरेलु उद्योग

ऐनको दफा ४ संग सम्बन्धित ऐनको अनुसूची १ अनुसार देहाय बमोजिमका उद्योगहरुलाई घरेलु उद्योग भनि परिभाषित गरिएको छ ।

" श्रममूलक , देशको परम्परा , कला र संस्कृतिसंग सम्बद्ध खास शीप वा स्थानीय कच्चा पदार्थ र साधन परिचालन गर्ने परम्परागत किसिमका चुरोट , विडी , सिगार , खाने सर्ूर्ती , खैनी र सर्ूर्ति मुख्य कच्चा पदार्थ हुने यस्तै प्रकारका अन्य वस्तु उत्पादन गर्ने उद्योग , मदिरा वा वियर उत्पादन गर्ने उद्योग बाहेक हाते तान , खुट्टे तान , अर्ध स्वचालित तान , वार्पिङ रङ्गाइ र छपाई , सिलाई - तयारी पोशाक बाहेक ), बुनाई , राडी , पाखी , ऊनी गलैंचा , पश्मिना , ऊनी पोशाक , सिकर्मी कार्य , काठका कलात्मक वस्तु उत्पादन , बाँस बेत र निगालो सम्बन्धी काम , प्राकृतिक रेशाबाट वस्तु उत्पादन , हाते कागज र त्यसबाट बनेको वस्तु , सुन , चाँदी , पित्तल , तामा , किमती तथा अर्ध किमती पत्थर लगायतका फिलीगिरी सामान , गहना , मर्ूर्ति , भाँडा आदि बनाउने कार्य , मह , च्यूरी , अलैंची प्रशोधन , माटो , चिनियाँ माटोबाट भाँडा बनाउने कार्य , छाला काट्ने , सुकाउने ग्रामीण ट्यानिङ र छालाका वस्तु उत्पादन गर्ने कार्य , सनपाट , बावियो , चोया , सूति धागो आदिका सामान उत्पादन , हाड सिङका कलात्मक सामान उत्पादन , ढुङ्गामा कुँदी बनाइएका सामान , चित्रकला , पौवा , बाटिक , धूप , पुतली , खेलौना उद्योगहरु र दर्ुइ लाख रुपैयाँसम्म स्थिर जेथा भएका कुटीर उद्योग "

द्रष्टब्य ः -

- १ ) विशेष रुपमा उल्लेख गरेकोमा बाहेक माथिका उद्योगहरुमा सञ्चालित मेशिनले कूल पाँच किलोवाटभन्दा बढी विद्युत् मोटर वा डिजल वा पेट्रोल वा क्रुडआयल इन्जिन शक्ति प्रयोग गरेको हुनु हुँदैन । यस पर्रिपेक्षमा पावरलूम घरेलु उद्योग अर्न्तर्गत पर्दैन ।

२ ) मेशिनबाट ऊनी धागो कात्ने तथा मेशिनबाट ऊनी गलैंचा उत्पादन गर्ने उद्योगहरुको स्थापनार्थ अनुमति लिनु पर्नेछ ।

तर औद्योगिक पर््रवर्द्धन वोर्डको मिति ०५७।२।२६ मा वसेको १५४ औं वैठकको निणय नं . २ मा " मेशिनवाट उनी धागो उत्पादन गर्ने उद्योग स्थापना गर्न इजाजत प्रदान गर्नेसम्वन्धि प्रस्तावमा छलफल हुंदा यस्ता उद्योगहरुवाट नेपालको गलैंचा उद्योगहरुमा पर्न सक्ने नकारात्मक प्रभाव समेतलाई दृष्टिगत गरी नयां इजाजत प्रदान नगर्ने नीति लिने " निणय भएको छ ।

३ ) चुरोट , विडी , सिगार , खाने सुर्ति , खैनी र सुर्ती मुख्य कच्चा पदार्थ हुने यस्तै प्रकारका अन्य वस्तु उत्पादन गर्ने उद्योग , मदिरा वा वियर उत्पादन गर्ने उद्योगको स्थिर जेथा दुइ लाख रुपैया मात्र भए पनि कुटिर उद्योग अर्न्तर्गत पर्ने छैनन् ।

४ ) घरेलु उद्योगमा वर्गिकृत उद्योगले ५ कि . वा . भन्दा बढी विद्युत शक्ति प्रयोग गरेमा पूंजीको आधारमा साना / मझौला / ठूला उद्योगको वर्गमा दर्ता गर्न सकिने ।

२ साना उद्योग

ऐनको दफा ५ अनुसार तीन करोड रुपैयाँसम्म स्थिर जेथा भएको उद्योग ।

३ मझौला उद्योग

ऐनको दफा ६ अनुसार तीन करोड रुपैयाँभन्दा बढी दश करोड रुपैयासम्म स्थिर जेथा भएको उद्योग ।

४ ठूला उद्योग

ऐनको दफा ७ अनुसार दश करोड रुपैयाँभन्दा बढीको स्थिर जेथा भएको उद्योग ।
उद्योगको स्थिर जेथा
ऐनको दफा ८ ले उद्योगको स्थिर जेथामा देहायका चल वा अचल सम्पत्तिहरु समावेश गर्न पाउने गरी तोकेको छ ।

१ ) जमीन र जमीन सुधार - जस्तै जमीन सम्याउने , पर्ुर्ने , पर्खाल लगाउने जस्ता कार्यहरु ),
२ ) स्थलीय भौतिक पर्ूवाधारहरु - जस्तै ढल निकास , आन्तरिक सडक ),
३ ) कार्यालय , कारखाना भवन , गोदाम घर , विद्युत वितरण , पानी वितरण व्यवस्था तथा आवास भवनहरु ४ ) यन्त्र उपकरण तथा औजारहरु ,
५ ) परिवहनका साधनहरु ,
६ ) विद्युत उपकरण तथा कार्यालय उपकरणहरु ,
७ ) फर्निचर , फिक्स्चर , संचार व्यवस्था तथा उपकरणहरु ।

उपयुत्त सम्पत्तिहरुका अतिरिक्त उद्योगमा लगानी हुनुभन्दा अघि वा निर्माण चरणको विभिन्न अवस्थामा हुने वा भएको पूँजीकृत गरिने प्राविधिक परामर्श र सुपरिवेक्षण खर्च , पुर्व लगानी र पर्व संचालन खर्च तथा निर्माण अवधिको पूँजीकृत हुने व्याज समेतलाई उद्योगको स्थिर जेथाको रुपमा मान्यता पाउने गरि तोकिएको छ ।