बौद्धिक सम्पति उपयोग क्षमता बिकास कार्यक्रम
नेपाल सरकार
उद्योग बाणिज्य तथा आपर्ति मन्त्रालय
घरेल तथा साना उद्योग बिभाग
त्रिपुरेश्वर, काठमाडौ
बौद्धिक सम्पति उपयोग क्षमता बिकास कार्यक्रम
चिनारीः
बौद्धिक सम्पति व्यवस्थाले मानवीय सृजनात्मक कामहरुलाई कानूनी सुरक्षा प्रदान गर्दछ । जसले गर्दा सृजनात्मक र अनुसन्धात्मक कार्यका उपलव्धीहरु व्यवसायिक रुपमा उपयोग गर्न सम्भव भएको छ । आजको आर्थिक प्राविधिक र संस्कृतिक क्षेत्रको विकासमा बौद्धिक सम्पति अधिकार व्यवस्थाको ठुलो योगदान छ । अनुसन्धान, विकास र सृजनात्मक क्षेत्रमा लगानी थप हुंदै गएका छन भने प्रविधिको क्षेत्रमा, व्यवशायको क्षेत्रमा उन्नति हुदै गएको छ । आजको विकास अन्य साधन भन्दा नयां नयां प्रविधि र प्रबृतिमा आधिरित हुंदै गएको छ । त्यसैले २१ औं सताव्दीका अर्थतन्त्र ज्ञानमा आधारित अर्थतन्त्र हुने भएको छ । नेपालमा बौद्धिक सम्पतिको कानुनी र प्रशासनिक सुरुवात ७० वर्षभन्दा अधि नै भएको भएता पनि हाम्रो अर्थतन्त्रको क्षमता र आवश्यकता भन्दा ज्यादै कम मात्र बौद्धिक सम्पतिका साधनहरु उपयोग भएका देखिन्छन ।साना तथा मझौला व्यावशाय नै अर्थ तन्त्रका मेरुदण्ड हुन र नेपालमा पनि राष्ट्रिय उत्पादन, रोजगारी, निकासी व्यापार र आयको वितरणमा लघु तथा साना र मझौला उद्योगहरुको ठुलो योगदान रहेको छ । तर यी वर्गका उद्योगहरुले बौद्धिक सम्पति क्षेत्रका विभिन्न साधनहरु उपयोग गर्न सकेका छैनन् । राज्यले साना, मझौला र लधु उद्योगहरुको विकासमा विभिन्न कार्यक्रमहरु संचालन गरि रहेको छ । तर बौद्धिक सम्पतिको उपयोगवाट यी क्षेत्रको बिकासमा टेवा पुर्याउने तर्फ भने विशेष ध्यान पुगेको देखिदैन । बौद्धिक सम्पतिको उपयोग नहुनुमा मुख्य रुपमा यसको केही जटिल अर्थ, कानूनी कुरा र कठिन प्राविधिक ज्ञानका कारण हुन सक्छ भने यो व्यवस्थाको दर्ता तथा कागजात तयारी केही खर्चिलो भएर पनि हुन सक्छ । अन्य कारणहरु खोज्दै जाने हो भने समग्र आर्थिक, राजनैतिक प्रशासनिक, कानूनी, भौगोलिक , शैक्षिक, यातायात संचार जस्ता सवै क्षेत्रका कमी कमजोरी र अविकासहरु नै दखा पर्दछन् । यि समस्याहरु मध्य केहि भने सानो प्रयासवाट नै सुधार हुन सक्ने सम्भावना देखिएकाले स्थानिय स्राष्टा, बैज्ञानिक र आविस्कारकहरु विशेष गरेर साना तथा लघु उद्यम क्षेत्रलाई वौद्धिक सम्पती बारे जानकारी दिने, आर्थिक तथा प्राविधिक सहयोग गरेर जागरुक गराउने र उनिहरुको बौद्धिक सम्पतिको दर्ता एवं संरक्षण सर्म्वर्द्धन र उपयोग गर्न एक कार्यक्रम प्रस्तुत गरिएको छ ।
उद्देश्य
बौद्धिक सम्पति उपयोग गर्ने क्षमता विकास गरेर लघु घरेलु तथा साना उद्योगहरुको विकास गर्ने एवं बौद्धिक सम्पतिका विभिन्न साधनहरुको संरक्षण तथा उपयोग गरेर आर्थिक विकासमा टेवा पुर्याउने मुख्य उद्देश्य यस कार्यक्रमको रहेको छ ।
कार्यक्रमहरु कार्यक्रमले निर्दिष्ट गरेको उद्देश्य प्राप्तिका लागि निम्न कार्यक्रमहरु संचालन हुने छन् ।
१.चेतना बृद्धि
लघु तथा साना उद्यमीहरुमा बौद्धिक सम्पति क्षेत्रका विभिन्न साधानहरु बारे ज्ञान र सूचना प्रदान गरेर यस सम्वन्धी चेतना अभिबृद्धि गरिने छ । यस प्रयोजनका लागि निम्न क्रियाकलपाहरु हुने छन् ।
बौद्धिक सम्पति बारे सरल भाषा पुस्तिका अन्य सामाग्रीहरु प्रकाशन र वितरण,
संचार माध्यमहरुवाट सम्वन्धित सामाग्रीहरु प्रकाशन तथा प्रशारण,
बौद्धिक सम्पति सम्बन्धी धभद कष्तभ तयार गर्ने र अन्य सहयोगी संस्थाहरुको धभद कष्तभ मा पनी वौद्धिक सम्पति तथा यस कार्यक्रमहरु बारे जानकारी हुने सामाग्री राख्ने,
२. ज्ञान र सीप बृद्धि
बौद्धिक सम्पतिहरुको संरक्षण, सर्म्वर्धन र व्यावशायिक उपयोग बारे कार्यशाला गर्ने
विभिन्न निकायहरुद्वारा संचालित सीप विकास तथा उद्यमी बिकास तालिम कार्यक्रमहरुमा बौद्धिक सम्पति पनि समावेश गर्न लगाउने र यसका लागि सामाग्रीहरु उपलव्ध गराउने ।
यस विषयमा घरेलु तथा साना उद्योग विभागबाट परामर्श सेवा उपलव्ध गराउने ।
३. आर्थिक तथा प्राविधिक सहयोग
हाल पेटेन्ट, डिजाइन र ट्रेडमार्कका दस्तुर बढी भएको हुंदा पनि यस्ता कुरा दर्ता गर्न दुरुत्साहन भएको छ । तर्सथ साना तथा लघु उद्यमीहरु तथा स्थानिय स्राष्टा, बैज्ञानिक र आविस्कारकहरुको बौद्धिक सम्पति उपयोग गर्ने क्षमता वढाउन प्रोत्साहन स्वरुप निम्न आर्थिक सहयोग गरिने छा
पेटेन्ट र डिजाइन दर्ता र निवेदन शुल्क लघु घरेलु तथा साना उद्योग बिकास कोषवाट सहयोग गरी दिने ।
पांच र सो भन्दा बढी साना तथा लधु उद्यमीहरु मिलेर प्रयोग गर्ने गरी सामूहिक ट््रेडमार्क दर्ता गर्न चाहेमा त्यस्ताको पनि दर्ता तथा निवेदन शुल्क सहयोग गरी दिने ।
पेटेन्ट सम्वन्धी कागजात तयार गर्न डिजाइन सम्वन्धी खाका चित्र र कागजात तयार गर्न प्राविधिक परामर्श एवं आर्थिक सहायता दिने
यस कार्यक्रमवाट सहयोग भै दर्ता भएको पेटेन्ट डिजाइन र ट््र्रेडमार्कको कानूनी उपचारका लागि प्रशासनिक सहयोग र कानूनी परामर्श सहायता दिने ।
कार्यक्रमका कार्य नीतिहरु
कार्यक्रम अन्य सरकारी तथा गैर सरकारी संघ संस्थाको सहयोग र सहभागिता समेतमा संचालन गर्ने ।
साना तथा लधु उद्यम तथा बौद्धिक सम्पति सम्वन्धी स्वदेशी तथा विदेशी संघ संस्थाहरुवाट सहयोग लिने
वौद्धिक सम्पति सम्बन्धि आबश्यक गोपनियता कायम राखेर कार्यक्रम सचालन गर्ने ।
चुरोट विडी तथा सुर्र्तिजन्य वस्तु तथा मदिरा जन्य उद्योगलाई भने सहयोग प्रदान गरिने छैन ।
यो कार्यक्रम दुइ वर्षसम्म संचालन हुने छ । त्यस पछि यसको उपलव्धी र असर मूल्याकंन गरेर अवधि थप गरिने छ ।
कार्यान्वयन संयन्त्र
लघु घरेलु तथा साना उद्योग बिकास कोषः यस कार्यक्रमको खर्च व्यहोर्ने, कार्यक्रम निर्देशक र जिम्मेवारी तोक्ने र कार्यक्रमको पर््रवर्द्धकको भूमिका निर्वाह गर्ने कार्य कोषको हनेछ ।
घरेलु तथा साना उद्योग विभागः कार्यक्रमको सचिवालय र केन्द्र विन्दुको रुपमा काम गर्ने कार्यक्रमको लागि कर्मचारी व्यवस्था गर्ने,
जिल्ला संयन्त्र घरेलु तथा साना उद्योग विभाग । समिति र नेपाल उद्योग वाणिज्य महासंघ तथा नेपाल घरेलु तथा साना उद्योग महासंघका जिल्ला स्थित निकायहरुले कार्यक्रम र बिषयवस्तु बारे जानकारी दिने, प्रचार सामाग्रीहरु प्रभावकारी रुपमा वितरण गरि दिने, आफ्ना तालिम तथा अन्य कार्यक्रमहरुमा वौद्धिक सम्पति सम्वन्धी विषय वस्तु समावेश गरि दिने कार्यक्रमवाट सहयोग आवश्यक परेका उद्यमीहरुको माग निवेदन, सिफारिस सहित कार्यक्रमको सचिवालयमा पठाउने लगायत कार्यक्रमको जिल्ला सर्म्पर्क कार्यालयको रुपमा भूमिका निर्वाह गर्ने ।
लक्षित समूह
लघु, घरेलु तथा साना उद्यमी तथा व्यवशायी तथा तिनमा संलग्न ब्यtmिहरु,
स्थानिय स्राष्टा, बैज्ञानिक र आविस्कारकहरु र,
उल्लेखित समुह तथा ब्यtmिहरु सम्बद्ध संघ संस्था र निकायहरु
निर्देशन समिती -
प्रस्तुत कार्यक्रम अनुसार कार्य योजनाको स्वीकृति, समन्वय र निर्देशन गर्न लघु, घरेलु तथा साना उद्यम बिकास कोषले निम्नानुसारको एक निर्देशन समिती गठन गरेको छ।
महानिर्देशक, घरेलु तथा साना उद्योग विभाग....संयोजक
प्रतिनिधि, उद्योग बिभाग................................सदस्य
प्रतिनिधि, नेपाल उद्योग वाणिज्य महासंघ...........सदस्य
प्रतिनिधि, नेपाल घरेलु तथा साना उद्योग महासंघ.सदस्य
निर्देशक, घरेलु तथा साना उद्योग विभाग..सदस्य सचिब
सर्म्पर्क
बौद्धिक सम्पति उपयोग क्षमता बिकास कार्यक्रम
घरेलु तथा साना उद्योग विभाग
त्रिपुरेश्वर, काठमाडौ, नेपाल
फो नंः ४२६१०७७, ४२५९८४२, ४२५९८४६
पोष्ट बक्स नंः १०७१०
फ्याक्स नंः ४२५९७४७
|