English | Nepali | Feedback  
Main Menu
 होम पेज
हाम्रो विभाग एक चिनारी
उद्देश्य तथा कार्यहरु
उद्योगको बर्गिकरण
उद्योगको स्तर विभाजन
संगठन तालिका
उद्योग दर्ता गर्दा पेश गर्नुपर्ने कागज पत्र र दस्तुर
जिल्ला कार्यालयहरु
घरेलु तथा साना उद्योग प्रशिक्षणा केन्द्र
प्रकाशन
औद्योगिक तथ्याङ्क
नमुना स्किम
ब्यासाय सर्म्बर्द्धन केन्द्र
डाउनलोड
सम्पर्क
उदेश्य तथा कार्यहरु

२) दृष्टिकोण

औद्योगीकरणको प्रकृयालाई गतिशील र सुदृढ गर्दै पर म् परागत सीप र प्रविधिको प्र वर्द्धन गर्नुका साथै व्यावसायिक जनशक्ति उत्पादन तथा रोजगारीका अवसरहरु श्रृजना गरी देशको आर्थिक विकासमा योगदान पुर् ‍ याउने

३) उद्देश्यहरु

     " घरेलु तथा साना उद्योगको "

  • उद्यमशीलता विकाश गर्ने ।
  • रोजगारीको अवसर प्रदान गर्ने ।
  • उद्योगलाई आवश्यक पर्ने प्राविधिक परामर्श प्रदान गर्ने ।
  • उद्योगीलाई सेवा , प्रेरणा तथा प्रोत्साहन गर्ने ।
  • देशको औद्योगिक विकाशमा टेवा पुर् ‍ याउने ।

४) कार्यक्षेत्र

    औद्योगिक नीति , २०४९ ले नेपालमा   औद्योगिकरणको गतिलाई तीव्रता ल्याउन घरेलु तथा साना उद्योगको विकासलाई उच्च प्राथमिकता दिएको छ । सरकारले अंगिकार गरेको औद्योगिक नीतिको कार्यान्वयनका लागि उपयुक्त औद्योगिक वातावरणको सिर्जना गर्न औद्योगिक व्यवसाय ऐन , २०४९ कार्यान्वयनमा रहेको छ । औद्योगिक नीतिले अंगिकार गरेको तथा औद्योगिक व्यवसाय ऐनद्वारा व्यवस्थित घरेलु तथा साना उद्योग सम्वन्धी कार्यहरु संचालन गर्ने जिम्मा उद्योग , वाणिज्य तथा आपू र्ति मन्त्रालय अन्तरगतको घरेलु तथा साना उद्योग विभागले निर्वाह गर्दै आएको छ । घरेलु तथा साना उद्योग   विभागको साविक संगठन संरचनामा समसामयिक परिवर्तन हुदै मौजुदा स्वरुप कायम रहेको छ । घरेलु तथा साना उद्योग विभागले अधिराज्यको ७५ जिल्लामा घरेलु तथा साना उद्योग प्रशासन सम्वन्धी कार्य र अधिराज्यका २७ जिल्लामा घरेलु तथा साना उद्योग प्रवर्द्धन सम्वन्धी कार्यहरु समेत गर्ने गरी कार्य क्षेत्र तोकिएको छ

५) मुख्य मुख्य कार्यहरु

१. प्रचलित ऐन , नियम अनुसार इजाजत लिनु पर्ने वा नपर्ने उद्योगहरुको वर्गीकरण गर्ने , र् इजाजत सम्वन्धी कार्यहरु गर्ने ,            उद्योग दर्ताको   लागि आवश्यक प्रक्रियाहरु निर्धारण गर्ने तथा घरेलु तथा साना उद्योगहरुको दर्ता , नविकरण ,  पूँजी तथा       क्षमता वृद्धि , ठाँउसारी , नामसारी गर्ने ।

२. उद्योगहरुलाई नियमानुसार सुविधा उपलव्ध गराउने ।

३. उद्योगहरुको सम्भाव्यता अध्ययन , औद्यागिक उत्पादनको गुणस्तर कायम तथा प्रचलित नियमानुसार उद्योगहरु संचालन भए    नभएको सम्वन्धमा निरीक्षण गरी आवश्यक कारवाही गर्ने ।

४. औद्योगिक जनशक्ति उत्पादन र रोजगारी सिर्जना गर्न सीप विकास ,   व्यवसाय विकास तथा   व्यवस्थापन तालीम संचालन    गर्ने ।

५. व्यवसाय विकास तथा सीप विकास तालीम प्राप्त व्यक्तिलाई लद्यु कर्जा उपलव्ध गराउने ।    

६. प्राविधिक परामर्श सेवा / प्रविधि विकास तथा हस्तान्तरण , औद्योगिक सूचना उपलव्ध गराउनका साथै औद्योगिक प्रर्वद्धन           सम्वन्धी कार्य गर्ने ।

७. कार्यक्रम प्रस्तावहरु स्वीकृत नीति र प्राथमिकता अनुरुप भए नभएको विश्लेषण गरी मस्यौदा तयार गर्ने।कार्यक्रम          कार्यान्वयन , अनुगमन र मूल्यांङ्कन सम्वन्धी कार्य गर्ने ।