घरेलु तथा साना उद्योग प्रशिक्षण केन्द्र
सीप विकास कार्यक्रम
यस केन्द्रले नियमित रुपमा सिप विकास सम्बन्धी प्रशिक्षण केन्द्र कार्यक्रम संचालन गरि रहेको छ । यस्ता सिपमुलक तालीमहरुमा सिलाई कताई , होजियारी , फर्निचर तथा काष्ठ कला , टेक्सटायल , वाटिक तथा हस्तकला सम्बन्धी आदी तालीमहरु संचालन हुन्छन । अन्य माग अनुरुपका सिप विकास तालीमहरु पनि केन्द्रले समय समयमा संचालन गर्दै आएको छ । स्थानिय गैर सरकारी संस्थाहरुसंग सहभागिता गरेर पनि केन्द्रले तालीम कार्यक्रमहरु संचालन गर्दछ ।
उद्यमशिलता विकास
मुलत केन्द्रका विभिन्न प्रशिक्षण कार्यक्रममा सहभागी प्रशिक्षार्थीहरुले आफ्नो ब्यबसाय संचालन गर्न मद्दत पुर्याउन उद्यमशिलता विकास तालीम पनि केन्द्रले संचालन गर्दै आएको छ । यस कार्यक्रममा वाहिरका इच्छुक ब्यक्तिहरु प्नि उतिकै सहभागीता हुने गरेको छन् ।
सेरामीक प्रवर्द्धन कार्यक्रम
यस कार्यक्रमबाट निम्न कार्यहरु सम्पादन हुन्छन् ।
परंपरागत रुपमा माटोको भाडो बनाउने कुमालेहरुको आयस्तर बृद्धि गर्ने उपयुक्त प्रविधिको ज्ञान दिने तालीम संचालन गर्ने ।माटाको भाडा कुडा बनाउने , उधोगीलाई आवश्यक परामर्श र प्रविधिक सेवा उपलब्ध गराउने ।
हाते कागज कार्यक्रम
यस कार्यक्रमबाट निम्न कार्यहरु सम्पादन हुन्छन् ।
१) हाते कागज बनाउने र कागजको सामान वनाउने तालीम दिने
२) हाते कागजको गुणस्तर सुधारका लागि प्राविधिक सेवा सहयोग उपलब्ध गराउने
तयारी पोशाक कार्यक्रम
यस कार्यक्रमबाट निम्न कार्यहरु सम्पादन हुन्छन् ।
१) नेपालका तयारी पोशाक उद्योगहरुका लागि दक्ष प्राविधिक जनशक्ति तयार गर्ने ।
२) रोजगारीका अवसरहरु सृजना गर्ने ।
छाला बस्तु प्रवर्द्धन कार्यक्रम
यस कार्यक्रमबाट निम्न कार्यहरु सम्पादन हुन्छन् ।
१) नेपालका छाला बस्तु प्रवर्द्धन का लागि दक्ष प्राविधिक जनशक्ति तयार गर्ने ।
२) रोजगारीका अवसरहरु सृजना गर्ने ।
३) छाला बस्तु सम्वन्धी तालिमहरुको आयोजना गरि दक्ष जनशक्ति विकासमा सघाउ पुर् याउने ।
|