English | Nepali | Feedback  
Main Menu
 होम पेज
हाम्रो विभाग एक चिनारी
उद्देश्य तथा कार्यहरु
उद्योगको बर्गिकरण
उद्योगको स्तर विभाजन
संगठन तालिका
उद्योग दर्ता गर्दा पेश गर्नुपर्ने कागज पत्र र दस्तुर
जिल्ला कार्यालयहरु
घरेलु तथा साना उद्योग प्रशिक्षणा केन्द्र
प्रकाशन
औद्योगिक तथ्याङ्क
नमुना स्किम
ब्यासाय सर्म्बर्द्धन केन्द्र
डाउनलोड
सम्पर्क

स्वागतम्

 घरेलु तथा साना उद्योग विभागको वेभसाइटमा तपाईलाई हार्दिक स्वागत गर्दछु

 वि . सं . १९९६ मा नेपाली कपडा र घरेलु इलम प्रचार अड्डाको रुपमा शुरु भै २०३० सालमा घरेलु तथा साना उद्योग विभागको स्थापना भएको हो ।

रोजगारी र स्वरोजगारीको लागि आवश्यक सीप , उद्यमशीलता तथा व्यबस्थापकीय   प्रशिक्षण दिई आय - आर्जन गर्न सक्ने बनाई स्वावलम्बी बनाउने र वेरोजगारीलाई रोजगारी मात्र होइन स्वरोजगारी श्रृजना गरी अन्य बेरोजगारहरुलाई समेत रोजगारी दिलाउन (Job-seeker to job-creator) सक्ने बनाउने   हाम्रो दुर दृष्टि (Vision) हो । बेरोजगारी न्यूनीकरण गर्ने राष्ट्रिय अभियानमा सघाऊ पुर् ‍ याउन हामी प्रयत्नरत छौं ।

घरेलु उद्योगहरु र स्थिर पूँजी ३ करोड सम्म भएका साना उद्योगहको प्रशासनको कार्यहरु पनि यस विभागबाट हुन्छ । घरेलु उद्योगहरु तथा साना उद्योगहरुको सर्म्बर्द्धन र विकासमा यो विभाग कार्यरत छ । साथै नेपालीको चिनारीको रुपमा रहेको हस्तकलाहरुको प्रवर्दन र विकास कार्यमा पनि यस विभाग प्रयासरत छ ।

विभाग अर्न्तर्गतका केन्द्रिय तथा फिल्ड स्तरीय कार्यालयहरुबाट विभिन्न विषयमा सीप विकास तालीम प्राप्त प्रशिक्षार्थीहरुलाई तालीम पश्चात आयमुलक कार्यहरु संचालनका लागि आवश्यक पर्ने कर्जा उपलब्ध गराउन " घरेलु तथा साना उद्योग कर्जा प्रवाह कोष " स्थापना गरिएको छ । भने घरेलु तथा साना उद्योग व्यवसायीहरुलाई प्रविधि सेवा , क्षमता विकास , बजार पँहुच र अन्य पर्वाधारमा संस्थागत टेवा पुर् ‍ याउन " लघु , घरेलु तथा साना उद्योग विकास कोषको " स्थापना भै उद्योग व्यावसायको विकास तथा विविधिकरणका लागि विविध कार्यक्रमहरु मार्फ त सहयोग गर्दै आएका छौं ।

यसैगरी नविनतम सोच , सृजना एवं क्षमता भएका ब्यक्तिहरुलाई आवश्यक पर्ने सेवा सुविधा प्रदान गरी सफल उद्यमी / ब्यसायीको रुपमा रुपान्तरण गर्न " व्यवसायिक सर्म्बर्द्धन केन्द्र" को स्थापना भै कार्यारम्भ समेत गरिएको छ ।

यस वेभसाइटमा नेपालमा घरेलु , साना एवं अन्य उद्योग स्थापना गर्दा अपनाउनु पर्ने सम्प ूर्ण कानूनी तथा प्रकृयागत विधि उल्लेख गरिएको छ । उद्योग क्षेत्रसंग सम्बन्धित हाम्रो गतिविधि पनि यसमा समावेश गरिएको छ ।

आशा छ , उद्योग प्रति जिज्ञासु एवं सरोकार सबैलाई यस वेभसाइट लाभकारी सिद्ध हुनेछ ।

 

महा-निर्देशक